Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • वीरगञ्ज पुगेर मेयरलाई नै एमालेमा प्रवेश गराए अध्यक्ष ओलीले

    वीरगञ्ज पुगेर मेयरलाई नै एमालेमा प्रवेश गराए अध्यक्ष ओलीले

    जसपा जातिवादी भएको मेयर सरावगीको आरोप

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।



    एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । उनले भने–‘जसपाबाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन ।’



    जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको मेयर सरावगीले टिप्पणी गरे । उनले भने–‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

    नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा भएपनि अन्तिममा उनी एमाले प्रवेश गरेका हुने । पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले प्रवेश गरेको पनि उनले खुलाए ।

    उनले भने–‘म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ । तर पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो’ उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।’

    एमाले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै मेयर सरावगीले उनले जत्तिको बोल्ड डिसिजन गर्न सक्ने नेता अरु नभएको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार