काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ पाँच बजे इच्छाकामना-२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नम्बर को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नम्बर ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेका छन् ।
शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।