Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको बैठक: अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो बैठक सकिएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्ज सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई नौ समूहमा विभाजन गरेको थियो । प्रत्येक समूहद्वारा निर्धारित समयभित्र उपयुक्त सबै विषयमा छलफल गरी एक जना प्रस्तोतामार्फत समूह छलफलका निष्र्कष पूर्ण बैठकमा पेस गरिएका थियो ।

बैठकबाट मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशिकासमेत पारित भएको छ । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरिएको पार्टी महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

समुह छलफलका निष्कर्ष प्रस्तुत गर्नेहरूमा गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदर पश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, १ नम्बर प्रदेशबाट धर्मराज पौडेल, बागमती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राज गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेल थिए ।

समुह छलफलका निष्कर्ष प्रस्तत भैसकेपछि अध्यक्ष नेपालले छलफलमा उठेका विषय प्रष्ट पारेका थिए । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077