Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको चुनावी रणनीति: एमालेबाहेकका दलहरुसँग तालमेल गर्ने, नभए एक्लै लड्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी रहेको छ।

बानेश्वरस्थित कार्की ब्यांन्केटमा जारी दोस्रो दिनको बैठकमा एकीकृत समाजवादीले समूहगत छलफल गरेर स्थानीय तहको निर्वाचन अभियानबारे निर्णय गरिरहेको छ।

जारी बैठकमा बुधबार अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको १० पन्ने राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन् । एकीकृत समाजवादीले सकेसम्म स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने रणनीति बनाएकोछ।

‘गठबन्धन भए त भइहाल्यो नभए आफ्नो जोडबलमा पनि चुनाव जित्नका लागि अभियान चल्छ ।’ बैठकमा सहभागी नेकपा एसका एक नेताले अनलाइन नेपालसँग भने ।

साथै, स्थानीय तहको चुनावमा नेकपा (एमाले) बाहेकका दलहरुसँग तालमेल गर्ने एकीकृत समाजवादीले जनाएको छ । स्थानीय तहमा प्रभाव भएका राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल हुनसक्ने एकीकृत समाजवादीले जनाएको छ।

हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने उनले एमसीसीबारे जथाभावी बोले नेताहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए। बैठक आज सकिँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077