Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ। सिफारिस समितिले बुधवार ३ जनाको नाम सरकारसमक्ष पेश गरेको हो।

सिफारिसमा परेकाहरूमा नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक उमेशप्रसाद थानी, विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौला रहेका छन् ।

सिफारिसका आधार मन्त्रिपरिषद्को बैठकले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते सरकारले खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो । त्यसमा १७ जनाको आवेदन परेको थियो ।

मन्त्रिपरिषदको बैठक आज साँझ बस्दै छ । [insert page='108344/' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077