काठमाडौं । सङ्खुवासभा जिल्लामा बिहीवार बिहान एउटा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अहिलेसम्म १४ वटा शव निकालिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि धरान र केहीलाई चैनपुर लगिएको छ।बसमा कति मानिस सवार थिए र दुर्घटना कसरी भयो भन्ने कुरा अहिले यकिन हुन सकेको छैन ।
झापाको दमकतर्फ जाँदै गरेको बस सङ्खुवासभाको मादी नगरपालिकामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार बिहान साढे सात बजेतिर दुर्घटना भएको थियो।
ना ४ ख ७३५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो।
Leave a Reply