Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले सोध्यो दुई प्रहरी निरीक्षकसँग स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुसँग स्पष्टीकरण सोधेको छ ।

गृह मन्त्रालय अन्तर्गत प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर भएका छैनन् । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ ।

अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077