काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदको प्रतिनिधिले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए ।
उनले कोभिड–१९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गत खोप सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद दिए ।
सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।
यसअघि उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेको थियो।
Leave a Reply