Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी अहिलेकै शर्तमा कार्यान्वयन भए त्यो कम्युनिष्ट र चीनविरुद्ध हुन्छ: झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ब्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयन भए कम्युनिष्ट र चीनविरोधी हुने बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालपछि बोलेका खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई लेटर अफ एक्सचेन्जमार्फत सम्झौताको अंग बनाउनुपर्ने भन्दै यस्तो बताएका हुन्।

खनालले एमसीसी निकै ठुलो मुद्धा भएको भन्दै एमसीसीलाई आफूलेनै पहिले उठाएको स्मरण समेत गरे। आफ्नै नेतृत्वमा एमसीसी कार्यदल समेत बनाइएको खनालले बताए । तर अहिले हतारहतार एमसीसी पारित भएको खनालको भनाइ छ।

यस्तै, खनालले एमसीसीमा आफूहरुको भन्दा अमेरिकी हितलाई माथि रखिएको बताए । 'एमसीसी अहिलेकै शर्तमा भयो भने यो कम्युनिष्ट र चीनविरोधी हुन्छ, खनालले भने, 'यो एकलौटी सम्झौता जस्तो भयो । हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।'

खनालले अब एमसीसीको नाममा विवाद नगर्ने भन्दै केही कुरा भए पनि चुनावसम्म स्थगित गर्न आग्रह समेत गरे । यसअघि अध्यक्ष नेपालले एमसीसीको विरुद्धमा फेसबुकमा जथाभावी नबोल्न र जथाभावी बोल्दै हिड्ने नेताहरूलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077