Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • एकीकृत समाजवादी बैठक: माधव नेपालले सुनाए एमालेसँग विद्रोह गर्न परेको घटना

    एकीकृत समाजवादी बैठक: माधव नेपालले सुनाए एमालेसँग विद्रोह गर्न परेको घटना

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन्।

    मंगलबार पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको शुभारम्भ गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्न परेको घटना सुनाए ।



    ‘राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रुपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ,’ नेपालले भने। नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए ।



    अध्यक्ष नेपालले भने, ‘जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छाैं, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ ।’

    गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै नेपालले भने, ‘आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन प¥यो, एमसिसीका नाममा गठबन्धन तोड्ने अनेकौं प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार