Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नारी दिवस: राजनीतिक सहभागितामा महिला नेतृहरुको भूमिकाबारे छलफल

    नारी दिवस: राजनीतिक सहभागितामा महिला नेतृहरुको भूमिकाबारे छलफल

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । भारतीय दूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा  (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित र्याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गर्यो ।

    महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु’ विषयक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेतृहरु डा. आरजु राणा देउवा,  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माननीय सांसदहरु डा. बिन्दा पाण्डे र पुष्पा भुषालको सहभागीता थियो । प्राध्यापक इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा थिए ।



    छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरे ।



    छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार