Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • यी हुन् स्थानीय चुनावका लागि ७७ जिल्लामा कांग्रेसले खटाएका नेताहरु (सूची)

    यी हुन् स्थानीय चुनावका लागि ७७ जिल्लामा कांग्रेसले खटाएका नेताहरु (सूची)

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ताधारी दल नेपाली कांग्रेसले तयारीलाई तीव्रता दिन थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरुलाई एक–एक जिल्लाको जिम्मा दिएर खटाएको छ । उनीहरुलाई खटाइएको जिल्लामा एक महिना रहेर प्रचारप्रसार गर्नका लागि निर्देशन दिइएको छ।

    नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको हाे । केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ।



    कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ। त्यसलगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ।



    पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीले जित्ने गरी तयारी गर्न उनको निर्देशन छ।

    तर गाउँगाउँमा जाँदा गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने अभिव्यक्ति नदिन पनि उनले नेताहरूलाई निर्देशन दिएका छन्।

    कांग्रेसले आठ उद्देश्यका लागि केन्द्रीय नेता गाउँ खटाएको छ। जसमा चुनावमा पार्टीका उम्मेदवार जिताउन मतदानको माहौल मिलाउनेदेखि एमसिसीबारेका भ्रम चिर्नेसम्म छन्।

    २०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले यसपालि विगतका चुनावभन्दा फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ।

    केन्द्रीय प्रतिनिधि जिल्लाका हरेक पालिकामा कम्तिमा एकपटक पुग्नुपर्नेछ। आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।

    कसलाई कहाँ खटाइयो ?

    प्रदेश १
    ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजिब ढुङ्गाना, इलाममा सरिता प्रसाई, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा आङगेलु शेर्पा, धनकुटामा रामहरि खतिवडा, भोजपुरमा सुशीला शर्मा ढकाल, खोटाङमा कल्पना चौधरी, सोलुखुम्बुमा माया राई, ओखलढुङ्गामा सरस्वती बजिमय, उदयपुरमा प्रदीपकुमार सुनुवार, झापामा उमेशजङ्ग रायमाझी, मोरङमा केसवकुमार बुढाथोकी र सुनसरीमा अमृत अर्याल खटिएका छन् ।

    मधेस प्रदेश
    सप्तरीमा महेन्द्रकुमार राय, सिराहामा दिनेश यादव, धनुषामा मञ्जु खाँण, महोत्तरीमा रमेश लेखक, सर्लाहीमा नगीना यादव, रौतहटमा कल्याण गुरुङ, बारामा अजयकुमार चौरसिया र पर्सामा डा. चन्द्रमोहन यादव रहेका छन् ।

    बागमती प्रदेश
    काठमाडौंमा मोहनबहादुर बस्नेत, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल नुवाकोटमा मदनबहादुर अमात्य, धादिङमा डा. गोविन्दप्रसाद पोखरेल, चितवनमा उदय शम्शेर राणा, मकवानपुरमा श्यामकुमार घिमिरे, भक्तपुरमा जीतजङ्ग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र खटिएका छन् ।

    गण्डकी प्रदेश
    गोरखामा नानु बास्तोला, लमजुङमा अञ्जली श्रेष्ठ, तनहुँमा मधु आचार्य, कास्कीमा ध्रुव वाग्ले, मनाङमा गणेश लामा, मुस्ताङमा अजयबाबु शिवाकोटी, पर्वतमा प्रतिमा गौतम, स्याङ्जामा ध्यानगोविन्द रञ्जित, म्याग्दीमा चम्पादेवी खड्का, बागलुङमा दिनमान पाख्रिन र नवलपुरमा टेकप्रसाद गुङङ्ग खटिएका छन् ।

    लुम्बिनी प्रदेश
    नवलपरासीमा मदनकृष्ण श्रेष्ठ, कपिलवस्तुमा गोविन्द भट्टराई, पाल्पामा सरस्वती अर्याल तिवारी, अर्घाखाँचीमा शान्ति परियार, गुल्मीमा दिनेश कोइराला, रुकुम पूर्वमा रुपा विक, रोल्पामा अब्दुल सत्तार, प्यूठानमा टेकबहादृुर गुरुङ्ग, दाङमा प्रदीप पौडेल, बाँकेमा दीपक गिरी र बर्दियामा गुरु बराल रहेका छन् ।

    कर्णाली प्रदेश
    रुकुम पश्चिममा सुशीला थिङ, सल्यानमा जीवन राना, डोल्पामा डा। गोपाल दहित, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालिकोटमा चन्द्रबहादुर केसी, जाजरकोटमा अब्दुल रज्जाक, दैलेखमा जानकी सिंह र सुर्खेतमा मानबहादुर नेपाली खटिएका छन् ।

    सुदूरपश्चिम प्रदेश
    बाजुरामा अर्जुनबहादुर सिंह, बझाङमा मैकुलाल बाल्मिकी, डोटीमा रामजनम चौधरी, अछाममा सीताकुमारी राना, दार्चुलामा राजीवविक्रम शाह, बैतडीमा यज्ञराज जोशी, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्दबहादुर शाह खटिएका छन् ।
    वैकल्पिकमा विद्यादेवी तिमल्सिना र जावेदा खातुन जागा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार