Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विद्यार्थी मृत्यु प्रकरण: सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश

    विद्यार्थी मृत्यु प्रकरण: सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ ।

    मंगलबार दिउँसो सुन्दरबजार नगरपालिका-९ फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले आज बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।



    प्रशासन स्रोतका अनुसार छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीहरुलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पाैडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठकाे निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको प्रशासनको भनाइ छ।



    ‘कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार