Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चीनकाे नेपालमाथिको अघोषित नाकाबन्दी कहिलेसम्म ?

    चीनकाे नेपालमाथिको अघोषित नाकाबन्दी कहिलेसम्म ?

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ।  फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्पी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।

    नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाकाहुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो ।



    ‘चीनबाट नेपालतर्फ वस्तुहरु पठाउँदा कोरोना नसर्ने, नेपालबाट चीनतर्फ वस्तु पठाउँदा कोरोना सर्ने’ जस्तो कुतर्क गर्दै चीनले करिव दुई वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ ।



    प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । आफ्नो निरीहता लुकाउन उनले उल्टै चिनियाँ दादागिरीको ढाकछोप गर्नुपर्यो ।

    ‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं । चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’

    कोरोना महामारी सुरु भएपछि चीनले रसुवागढी र तातोपानी नाका एकतर्फी बन्द गरेको हो । विश्वमा पहिलो पटक कोरोना भाइरस २०७६ पुसको पहिलो साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

    चीनमा कोरोना संक्रमण बढेपछि २०७६ माघ १५ गते गृह मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सुरुमा यो रोक १५ दिनको लागि भनिए पनि पछि समय थप गरिएको थियो ।

    चीनले रोक नलगाउन दबाब दिइरहेका बेला नेपालले त्यसबेला चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमण झन् बढ्दै गएपछि २०७६ चैत ११ गते नेपालले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चीनले तातोपानी र रसुवागढी नाका एकतर्फीरुपमा बन्द गरेको थियो । त्यसयता यी नाका आजसम्म दोहोरो खुलेका छैनन् । राजधानी दैनिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार