काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट भएको छ ।
जमलस्थित होटल एल्लो प्यागोडामा अहिले आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
नेष्डो समृद्ध लघुत्तको आइपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन परेको जनाइएको छ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात परेका छन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली भएको छ।
कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका थिए। नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म आईपीओ बिक्रि खुला गरेको थियो ।
Leave a Reply