Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महोत्तरीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकसहित २ जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका वडा नम्र २ बस्ने २२ वर्षीय संजित मण्डल र सम्सी गाउँपालिका वडा नम्वर १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ औरही नगरपालिका वडा नम्वर ४ कठुधार स्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.२–०२–००१ च.०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए ।

दुबैजनालाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबैजनाको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077