Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश

    खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    कैलाली । शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

    धनगढी रङ्गशालामा आज सोमवार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।



    प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जिताउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक–एक गोल गरे । खेलको ३४ औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए ।



    ५५ औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन दुई–शून्यले अघि रह्यो । त्यसपछि खेलको ६७ औँ मिनेटमा सुदूरपश्चिमका विवेक पण्डितले आत्मघाती गोल गरेपछि हिमालयन दुई–एकले विजयी भयो ।

    प्रतियोगिताअन्तर्गत भोलि मङ्गलवार मच्छिन्द्र क्लब र बाग्मती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

    सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार