Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आकासिँदै सुनको मूल्य, प्रतितोला एक लाख ३ हजार

    आकासिँदै सुनको मूल्य, प्रतितोला एक लाख ३ हजार

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तीन हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला एक हजार १०० रुपैयाँले बढेकाे हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ५०० तोकिएको छ ।



    यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।



    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्य वृद्धिसँगै सरकारले सुन आयातमा कटाैती समेत गरेकाे छ ।

    नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार