Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेन संकट: युद्धविरोधी प्रवचन दिने पादरी रुसमा पक्राउ

    युक्रेन संकट: युद्धविरोधी प्रवचन दिने पादरी रुसमा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । रुसमा आइतवार युद्धविरोधी प्रवचन दिने एक पादरीलाई पक्राउ गरिएको विवरण अभियानकर्मीहरूले दिएका छन्। ती पादरीलाई आज अदालतमा पेस गरिने बताइएको छ।

    बीबीसी रुसीका संवाददाता आन्द्रे जाखारोभका अनुसार पादरी जोन बुर्दिनलाई काराबानोभो गाउँमा आयोजित एउटा धार्मिक भेलापछि पक्राउ गरिएको थियो।



    युद्धविरुद्ध धर्मोपदेश दिँदै उनले स्थानीयवासीलाई युक्रेनी सहरहरूमा जारी गोलाबारी र विनाशबारे बताएका थिए। सशस्त्र सैन्य बल प्रयोगको बदनाम गरेको आरोप प्रहरीले उनलाई लगाएको छ। गत साता रुसको संसद्ले त्यसो गर्नुलाई अपराध मानेको छ।



    युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि सरकारले रुसमा विरोध प्रदर्शन दमन गरिरहेको छ। तथापि विभिन्न सहरमा हजारौँ मानिसहरू प्रदर्शनमा सहभागी भएका छन्। आइतवार मात्र ४,६०० जनासहित अहिलेसम्म १३,००० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको स्थानीय गैरसरकारी संस्थाका ट्र्याकरहरूले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार