Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • स्थगित भएको कांग्रेस सप्तरीको निर्वाचन भोलि हुने

    स्थगित भएको कांग्रेस सप्तरीको निर्वाचन भोलि हुने

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    सप्तरी। विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन भोलि (मंगलबार) हुने भएको छ ।

    दुई पक्षको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचन स्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ ।



    यसअघि रुपनी गाउँपालिका वडा नम्वर ५ स्थित स्वर्गीय गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको निर्वाचन अब राजविराज नगरपालिका वडा नम्वर ५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा हुने भएको छ ।



    शनिबार भएको मतदानमा ६ सय मत खसिसकेको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका कार्यकर्ताबीच विवाद हुँदा केही मतपत्र समेत च्यातिएको थियो ।

    २५ सय ३७ जना मतदाता रहेको सप्तरी कांग्रेसको नेतृत्वका लागि संस्थापन पक्षबाट शत्रुद्यन यादव र संस्थापन इतर पक्षबाट रामदेव साहले प्यानलसहित चुनावि मैदानम उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार