काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ ।
पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरेको हो ।
सो आगो निभाउनका लागि काठमाडौंबाट हेलिकप्टर जाने भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सीम्रिक एअरको हेलिकप्टर काठमाडौंबाट उडे बताइएको छ ।
सीम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो । आगलागीका कारण धुवाँले विमानस्थलको धावनमार्ग ढाक्दा बिहान झण्डै १ घण्टा उडान तथा अवतरण नै ठप्प भएको छ ।
Leave a Reply