काठमाडौं । नेपाली काँग्रेस जिल्ला अधिवेशनअन्तर्गत अछाममा सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
पहिलो चरणको चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।
सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् ।
पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।
Leave a Reply