काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरेको छ ।
विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन आह्वान गरेको हो ।
सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजात तथा विवरणसहित मन्त्रालयमा आवेदन पेस गर्नसक्ने छ् ।
इच्छुक आवेदकले विद्युत् नियमन आयोग नियमावली, २०७५ को अनुसूची–१ बमोजिमको आवेदन (आवेदनसाथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेस गर्नुपर्नेछ ।
हेर्नुहोस् सूचना :
Leave a Reply