Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • खप्तड गोल्डकप : क्यामरुनको एभेनिर क्लबलाई हराउँदै फ्रेन्ड्स सेमिफाइनलमा

    खप्तड गोल्डकप : क्यामरुनको एभेनिर क्लबलाई हराउँदै फ्रेन्ड्स सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सले क्यामरुनको एभेनिर क्लबलाई पराजित गरेको छ । आइतबार भएको खेलमा फ्रेन्ड्सले एभेनिर क्लबलाई २–० ले हराउँदै मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको हो ।

    धनगढी रंगशालामा फ्रेन्ड्सलाई जितमा दुवै गोल एन्थोनी फ्रान्कोइसले गरेका थिए । फ्रान्कोइसले ५३औँ मिनेटमा गरेको गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो ।



    ६२औँ मिनेटमा फ्रान्कोइसले फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । म्यान अफ दी म्याच घोषित फ्रान्कोइसले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । अब फ्रेन्ड्सले सेमिफाइनलमा मच्छिन्द्र र बाग्मती युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।



    आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार