Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

    संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमालेले संसदमा नाराबाजी गर्दै आएको छ ।



    अहिले हो-हल्ला र नाराबाजीका बाबजुत सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गरिरहेका छन्।



    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने  सम्भावित कार्यसूची रहेको छ ।

    एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार