एजेन्सी । रुस-युक्रेन तनावबारे चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्थोनी ब्लिन्कनसँग बेइजिङले ‘आगोमा इन्धन थप्ने’ कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्।
ग्लोबल टाइम्सका अनुसार वाङ यीले आफूले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै संवाद र वार्ताबाट मात्र सङ्कट समाधान गर्न सकिने बताए।
पछिल्लो दुई सातामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो । यस सङ्कटले चीनको अगाडि ठूलो चुनौती खडा गरेको छ, जसले रुसको आक्रमणको हालसम्म आलोचना वा समर्थन गरेको छैन।
बेइजिङले युरोपमा युद्धलाई समर्थन गरेको देखाउन चाहँदैन र यो मस्कोसँगको सैन्य र रणनीतिक सम्बन्ध पनि सुदृढ गर्न चाहन्छ।
वाङले अमेरिका, नेटो र युरोपेली सङ्घलाई रुससँग ‘निष्पक्ष वार्ता’ गर्न र नेटो सङ्गठनको विस्तारको बारेमा मस्कोको सुरक्षा चासोलाई स्वीकार गर्न पनि आह्वान गरे विवरणमा उल्लेख छ। बीबीसीको सहयोगमा
Leave a Reply