Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युद्धविराम उल्लंघन गरेको युक्रेनको आरोप, नागरिकलाई सुरक्षित बाहिर निकाल्ने प्रयास असफल

एजेन्सी । रुसी सेनाले युक्रेनका सहरहरूमा आक्रमण जारी राखेको छ । युद्ध भएको आज ११ औं दिनमा पनि रुसले लगातार गोलाबारी र आक्रमण जारी राखेको हो ।

यी क्षेत्रबाट मानिसहरु पैदल या अन्य माध्यमबाट अत्यावश्यक सामान बोकेर बाहिर निस्कन खोजिरहेका छन् । तर रुसी सेना राजधानी किभतर्फ अघि बढ्ने प्रयास गरिरहेको र शनिबार राति लगातार गोलाबारी भइरहेको बताइएको छ ।

मारिउपोल र भोल्नोभान्खा सहरबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास असफल भएको छ । युक्रेनी अधिकारीहरूले युद्धको दशौं दिन शनिबार रुसले अस्थायी युद्धविराम लगाए पनि रुसी सेनाले आधा घण्टाभन्दा कम समयका लागि मात्र आक्रमण रोकेर हजारौं मानिसहरूको स्थानान्तरण प्रक्रियामा बाधा पुर्‍याएको आरोप लगाएका छन् ।

युक्रेनले रुसले मारियुपोल र भोल्नोभान्खामा लगाएको युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077