Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस, विशेष अभियान सुरु गरिने

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।

कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ स्थानीय तहका तल्लो तहसम्म नै निर्वाचन लक्षित अभियान सुरु गर्न लागेको हो । अभियानलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारा दिएको छ ।

सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरिसकेको छ । कांग्रेसको ३ फागुनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै एक महिने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन लक्षित एक महिने अभियान कार्यक्रमको खाका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गर्दै गरेको जानकारी दिए । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077