Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेता गणेश शेरचनको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन भएको छ ।

लामो समयदेखि मधुमेहबाट पीडित उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो । उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक थिए ।

शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन्।

उनले जारी गरेको शोक वक्तव्यमा शेरचन इमान्दार र राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077