Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस र अमेरिकाले प्रतिबन्धबारे छलफल जारी राख्ने, युक्रेनमा भएको आक्रमणविरुद्ध प्रदर्शन बढ्दै

एजेन्सी । रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने भएका छन् ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्को र वाशिङ्टनले वर्तमान भूराजनीतिक अवस्थाको पृष्ठभूमिमा वार्ताका केही माध्यम कायमै राखेको बताएका हुन् ।

युक्रेनमा भइरहेको घटनाक्रम, विश्वभरबाट आएको दबाब र प्रतिबन्धबारे सोधिएको प्रश्नमा प्रवक्ता दिमित्रीले अमेरिकासँग वार्ताका केही माध्यमहरू कायम राखेको जवाफ दिएका हुन् ।

युरोपेली सङ्घ, बेलायत, अमेरिका र क्यानडाले आफ्नो आकाशमा रुसी विमान उड्न प्रतिबन्ध लगाएका छन् । रुसले समेत जवाफी प्रतिबन्ध लगाएको छ ।

यसअघि रुस र युक्रेनबीच भएको दुई चरणको शान्तिवार्ता भने असफल भएको थियो । युक्रेनमा रुसले आक्रमण गरेको विरोधमा प्रतिबन्ध र प्रदर्शन बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077