Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले सहभागी होला ?

काठमाडौं । प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । कार्यव्यवस्थाको बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुने वा नहुने बारे कुनै टुंगो छैन । यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेले निरन्तर बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077