Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सप्तरीमा विवाद बढेपछि निर्वाचन स्थगित, मतपत्र च्यातियो

सप्तरी । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको निर्वाचनमा विवाद भएपछि मतदान रोकिएको छ ।

रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएपछि मतदान रोकिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।

संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।

विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको संस्थापन इतरको आरोप छ । सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077