Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमसीसीले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउने गृहमन्त्रीको दावी

    एमसीसीले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउने गृहमन्त्रीको दावी

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएकोले त्यसले देशको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

    लामो समयसम्मको कोभिड–१९ को प्रकोपले असर पारेको मुलुकको अर्थतन्त्रलाई एमसीसी सम्झौता कार्यान्वयनले चलायमान बनाउने बताए ।



    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६३औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुने दाबी समेत गरे ।



    उनले भने–‘यदि एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्थ्यो । अब परियोजना लागू भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ ।’

    एमसीसी परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि भएकोले नेपालमा उत्पादित विद्युत्‌लाई खेर जान नदिएर रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्ने खालका नयाँ क्षेत्रको लगानीको अवसर आउने उनले बताए ।

    गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रमा देखिएको ट्रंक र डेलिकेटेडेट लाइनको विद्युत् महसुलका विषयमा सरकारले उचित समाधान खोज्ने जनाए । उनले भने–‘ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विद्युत् लाइन काटिन्छ कि भन्ने चिन्ता उद्योगीमा छ । उद्योगीहरु ढुक्क भए हुन्छ, लाइन काटिँदैन ।’

    उनले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र आईसीपीजस्ता योजनाहरुलाई मूर्तरुप दिन लाग्ने जनाए । भन्सारमा अस्थायी भए पनि पार्किङ क्षेत्र निर्माण गर्ने गरी योजना बनिरहेको उनले जनाए ।
    कार्यक्रममा उनले हाल चालु खर्च बढेको तर पुँजीगत खर्च नबढेको अस्था रहेकोले पुँजीगत खर्च बढाउन सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई थप जिम्मेवार बनाउन लागिएको बताए ।

    उनले एउटा ठेकेदारलाई एकै पटक पाँचभन्दा बढी ठेक्का नदिने र एउटा ठेक्काको काम ८० प्रतिशत सकेपछि मात्र अर्को ठेक्का लिन पाउने गरी नियमावली संशोधनलाई अन्तिमरुप दिन लागिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार