Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मानापाथी हिमालमा हिउँपहिरो : एउटै गोठका १५ चौरी मरे, १० बेपत्ता

    मानापाथी हिमालमा हिउँपहिरो : एउटै गोठका १५ चौरी मरे, १० बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ मानापाथी हिमालको फेंदमा शनिबार बिहान करिव ४ बजे भीषण हिउँ पहिरो गएको छ। हिउँपहिरोले पुरिएर पानापाथी हिमालको फेदनजिक खर्कको गोठमा रहेका १५ वटा चौरी मरेको जनाइएको छ।

    थासाङ-२ नाउँरिकोटकी स्थानीय शुशिला गौचन र उनका भाइ नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरीमध्ये १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेको हो ।



    उनका अनुसार कुल ३९ वटा चौरीमध्ये १४ वटा चौरी जिउँदो भेटिएको र १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेका छन् भने १० वटा चौरी अझै फेला पर्न नसकेको बताइएको छ ।



    गोठमा चौरी हेर्ने गोठाला त्यहा नभएको अवस्थामा हिउँपहिरो गएको चौरी धनी शुशिला गौचनले बताइन्। हिउपहिरोले चौरी गोठ पुरै पुरिएको र आफ्नो चौरी गोठमा लाखौंका क्षति पुगेको उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार