Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अबको ५ वर्ष कांग्रेसले सरकार चलाउने गगन थापाको दावी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने दावी गर्दै चुनावपछिको पाँच वर्ष कांग्र्ेसले सरकार चालाउने बताएका छन् । आगामी चुनाव कांग्रेसले जित्ने दाबी गर्दै उनले भने–‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ ।’

पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि उनीहरुकै कारण अहिले कांग्रेस सरकारमा रहेको दावी गरे ।

नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको बताएका
उनले नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको दावी गरे ।

थापाले भने–‘हामीले सरकार बदलियोस् भन्ने चाहन्थेनौँ । अरुलाई उचाल्दिए र भत्काए पुग्छ, कांग्रेसलाई सम्हाल्नुपर्छ । प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो । आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए । एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौँ भन्दैछन् ।’

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ‘कांग्रेस ५० वर्षसम्म सरकारमा आउँदैन’ भन्ने अभिव्यक्तिलाई उल्लेख गर्दै थापाले भने–‘यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको । कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ?’

महामन्त्री थापाले स्थानीय तहको चुनाव तोकिएकै मिति वैशाख ३० गते नै भए पनि संघीय चुनाव भने अगाडि पनि हुन सक्ने बताए । प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गरिरहने हो भने संघीय चुनाव अगाडि पनि हुन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077