काठमाडौं । योजनाले केन्द्रीय बैङ्कको आगामी पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ । सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौथो रणनीतिक योजना हो ।
यो रणनीतिक योजना आगामी पाँच वर्षका लागि राष्ट्र बैङ्कको ‘रोडम्याप’ हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख गरेका छन् । केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गर्नुपर्ने विशेष र नवप्रवद्र्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ ।
रणनीतिले परिलक्षित गरिएको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना काम कारबाहीलाई अगाडि बढाउने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले बताए । यो योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजनालाई समेटेको छ ।
रणनीतिक योजनाअनुसार राष्ट्र बैङ्कले आगामी पाँच वर्षमा भूकम्पले भत्काएको केन्द्रीय बैङ्कको भवन निर्माण सम्पन्न हुने, मुद्रा व्यवस्थापनको आधुनिकीकरण गर्ने, थोत्रा नोट धुल्याउने नयाँ प्रविधिलाई प्रयोगमा ल्याइने लक्ष्य बनाएको छ । त्यस्तै विद्युतीय कारोबारको प्रवद्र्धन गर्ने, नेसनल पेमेन्ट स्विच कार्यान्वयनमा ल्याइनेलगायतका उपलब्धि हासिल हुने विश्वास लिइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
Leave a Reply