Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो-सामाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट नगर्नू

काठमाडौं । समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा समाजमा उत्तेजना एवं अफवाह फैलाउने, समाजिक सद्भावमा खलल् पुर्योउने प्रवृती दिखिएको हुँदा त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन मन्त्रालयले आग्रह गरेको हो ।

यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077