Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमसीसी फिर्ता गरेको भए अमेरिकाले धुलोपिठो बनाउँथ्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने बताएका छन् ।

अध्यक्ष प्रचण्डले शुक्रबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।ससाथै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरुविरुद्धका मुद्दाहरु व्युँतिने खतरा रहेको समेत बताए ।

'अमेरिका धेरै शक्तिशाली राष्ट्र हो। अमेरिकासँग लड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन,' प्रचण्डले भने, 'यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मुद्दाहरु व्युँतिने खतरा थियो।'

यस्तै, प्रचण्डले थपे 'मैलगायत अन्य कमरेडहरुविरुद्ध पनि थुप्रै मुद्दाहरु छन्। एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मुद्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो।'

बैठक ३ दिनसम्म चल्नेछ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077