Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खुल्लामन्चबाट चित्रबहादुर केसीको प्रश्न- एमसीसी सम्झौता सहयोग कि लगानी ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदबाट अनुमोदन भएको एमसीसी सम्झौताबारे सरकारलाई प्रश्न गरेका छन्।

शुक्रबार एमसीसीविरुद्ध वामशक्तिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रश्न गरे, 'एमसीसी सहयोग हो कि लगानी हो ? अमेरिकाले भन्छ यो दान हो, सत्तामा बस्नेले भन्छन् यो सहयोग हो,' केसीले भने।

एमसीसीकै कारण गठबन्धनबाट बहिरिएका अध्यक्ष केसीले एमसीसी पास गर्नु सरकारको नालायकी भएको बताए। एमसीसी पास गर्न नहुने उनको भनाइ थियो।

सभामा नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी)को उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077