Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा रुसको आक्रमण, आगलागीपछि युक्रेनका राष्ट्रपतिले भने ‘जाग्नुहोस्’

    युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा रुसको आक्रमण, आगलागीपछि युक्रेनका राष्ट्रपतिले भने ‘जाग्नुहोस्’

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी भएको छ। रुसको आक्रमणमा युक्रेनी परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको हो ।

    आगलागीपछि पनि त्यहाँ भएका अत्यावश्यक उपकरणहरूले काम गरिरहेको अधिकारीहरूले बताएका छन्।



    युक्रेनका राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीका अनुसार रसियाली सेनाको आक्रमणबाट जेपोरजिया परमाणु पावर प्लान्टमा आगो लागेको हो। उनले रसियाली सेनाले जानाजानी प्लान्टमा आगो लगाएको आरोप लगाएका छन्।



    जेलेनस्कीले भनेका छन्–‘जाग्नुहोस् युरोपियनहरु तिमीहरुको नेताहरुलाई भन कि रसियाली सेनाहरुले युक्रेनमा रहेको न्यूक्लियर प्लान्टमा आक्रमण गरिरहेका छन् ।’

    परमाणु प्लान्टमा आगो लागेपछि अमेरिकाले ‘न्यूक्लियर इन्सिडेन्ट रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ।

    युक्रेनले उक्त परमाणु केन्द्रको सुरक्षा सुनिश्चित गरिएको दाबी समेत गरेको छ।

    युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाएको पुष्टि गरेको छ। त्यसबाट उक्त क्षेत्र र अन्यत्र पनि ठूलो राहत महसुस भएको छ।

    शुक्रवार सबेरै युक्रेनले रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको जनाएको थियो।

    ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको भए पनि तत्काल ननिभाइए आगो फैलिन सक्ने डर बढेको थियो। युक्रेनी पक्षले पहिला आफूलाई त्यहाँ जान रोकिएको बताएको थियो।

    तर बिहान ५ः२० बजे दमकलका कर्मचारीहरूले आगो निभाउन सुरु गरेका थिए। युक्रेनको आपत्कालीन सेवाले एक घण्टाजतिमा आगो निभाइएको जानकारी सामाजिक सञ्जालमा दिएको छ।

    युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले “तत्काल कदम चाल्न” विश्वलाई आग्रह गरिरहेका छन्।

    उनले ट्वीटरमा राखेको भिडियोमा भनेका छन्–‘युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ । युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन्।’

    जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार