Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रभित्र एमसीसी विवाद : केन्द्रीय कमिटीको बैठकमा फरक मत राख्दै श्रेष्ठ

    माओवादी केन्द्रभित्र एमसीसी विवाद : केन्द्रीय कमिटीको बैठकमा फरक मत राख्दै श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद फेरि पनि सतहमा आएको छ ।

    केन्द्रीय कमिटीको बैठकमा नेता नारायणकाजी श्रेठले एमसीसीको विषयमा फरक मत राख्ने तयारी गरेका छन् । गत पुस १३–१९ गते सम्पन्न महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत नेतृत्वले परिमार्जन र संशोधनबिना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको विषय बैठकमा चर्को रुपमा उठ्ने भएको हो ।



    महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा उभिएकोमा आपत्ति जनाउँदै आएका नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा लिखित रुपमा फरक मत राख्ने भएका छन् ।



    एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णयप्रति आपत्ति जनाउँदै आएका श्रेष्ठले आजको बैठकमा फरक मत दर्ज गराउने कार्यक्रम रहेको माओवादी केन्द्रदे जनाएको छ ।

    श्रेष्ठले एमसीसीका बारेमा आपत्ति जनाएको विषयलाई लिएर अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ चिढिएका छन् । माओवादी केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार