Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५० पुग्यो पेट्रोलको मूल्य, १२ दिनमै दुई पटक मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

त्यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह–प्रवक्ता पुष्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

यसअघि निगमले फागुन ७ गते रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको थियो । मूल्यबृद्धिसँगै पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ तथा डिजल र मट्टीतेलको भाउ १२८ रुपैयाँ कायम भएको थियो ।

यस्तो छ निगमको विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077