काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले जारी युक्रेन-रुस युद्धबारे टिप्पणी गरेका छन् । स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने, स्वाधिनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने पौडेलको भनाइ छ।
नेता पौडेलले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आग्रह समेत गरेका छन् ।
पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ, स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने, स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन । युद्धले समाधान दिन सक्दैन स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गरौं ।’