एजेन्सी । रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभको दिशामा सहर छोड्न अनुमति दिएको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले सरकारी टिभीलाई आक्रमणको अपडेट दिँदै सहर छोड्न अनुमति दिने बताएका हुन् ।
नागरिकलाई बाहिर निस्कन रुसी सेनाका कर्मचारीहरूबाट कुनै अवरोध नहुने उनको भनाई छ । नागरिकहरूलाई भासिल्किभ जाने बाटो खुला र सुरक्षित भएको बताए ।
रुसले सर्वसाधारणलाई किभबाट बाहिर निकाल्ने बाटो प्रस्ताव गरेको यो दोस्रो पटक हो ।