Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : सात दिनको अवधिमा दश लाख मानिसले युक्रेन छाडे

एजेन्सी । रुसले गत बिहीवारदेखि युक्रेनमाथि आक्रमण सुरु गरेपछि दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा गएका छन् ।

सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०१५ मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए ।

युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ।

युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् ।

उनीहरूलाई सहायताको आवश्यकता पर्ने राष्ट्रसङ्घले अनुमान गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077