Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लामो समयदेखि रोकिएको संवैधानिक इजलास शुक्रबारदेखि बस्ने

काठमाडौं । लामो समयदेखि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो ।

जबरामाथि महाभियोग दर्ता भएसँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । उनका अनुसार आगामी शुक्रबारदेखि संवैधानिक इजलास फेरि नियमित बस्ने भएको हो ।

लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधिन विवादको न्यायनिरुपण हुन सकेको छैन ।

गतवर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषदको सिफारिसबाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077