Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेन संकट समाधानका लागि रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुँदै

    युक्रेन संकट समाधानका लागि रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुस र युक्रेनबीच आज बुधवार दोस्रो चरणको वार्ता हुने भएको छ । यसअघि अस्ति सोमवार भएको पहिलो चरणको वार्ताबाट कुनै निष्कर्ष निस्कन सकेको थिएन ।

    तर शान्ति वार्तालाई कायमै राख्नका लागि आज अर्को चरणको छलफल हुने बताइएको छ । ‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । वार्तामा रुसको नेतृत्व राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने उल्लेख छ ।



    तर दुवै पक्ष आफ्नो अडानमै रहेकाले यो वार्ताबाट पनि धेरै कुराको परिवर्तनको अपेक्षा नरहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेष्टोभिचले बताएका छन् ।



    रुसले युद्धविराम गरेर आफ्नो भूमिबाट सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान छ, युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली युनियनको सदस्य नबन्ने कुराको ग्यारेन्टी गरेमा मात्रै आक्रमण रोक्ने रुसले अडान लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार