सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गौरीशंकरबाट बयलबासतर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका वडा नम्वर १३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पुलको दाहिने साइडमा ठक्कर दिएर पुलबाट ५ मिटर तल खस्दा मोटरसाइकल चालक महोत्तरीको औरही नगरपालिका वडा नम्वर १ बस्ने ३२ बर्षीय चन्दनकुमार साह र पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका वडा नम्वर २ पिपरिया बस्ने २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।