Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस, बैठक फागुन २२ सम्मलाई स्थगित

    प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस, बैठक फागुन २२ सम्मलाई स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 981
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन्।



    बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ ।



    प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार