एजेन्सी । युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ।
युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउघण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको थियो।
एउटा क्षेत्रीय अस्पतालमाथि रुसी सैनिकहरूले धावा बोलेको र लडाइँ अहिले जारी रहेको युक्रेनी सेनाले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ।
युक्रेनमा पछिल्ला दिनहरूमा भएका अधिकांश हिंसाको केन्द्रमा खार्किभ रहिआएको छ।
रुसमा एपलका सबै सामानको विक्री बन्द
प्रविधि कम्पनी एपलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुसमा आफ्ना सबै उत्पादनको विक्री बन्द गरेको छ।
उक्त कम्पनीले यसअघि नै एपल पे र आफ्ना अरू सेवामा रुसभित्र मानिसहरूको पहुँच सीमित पारेको थियो।
यसअघि सामाजिक सञ्जाल फेसबुक र यूट्यूबले युरोपभरि रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएका थिए।
अर्को सामाजिक सञ्जाल ट्विटरले रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीसम्बन्धी लिङ्कमा चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ। बिबिसीको सहयोगमा
Leave a Reply